Techie IT
गृहपृष्ठसमाचारपञ्चकन्याको  उत्कृट शिक्षक, बिद्यार्थी र बिद्यालय सम्मानित

पञ्चकन्याको  उत्कृट शिक्षक, बिद्यार्थी र बिद्यालय सम्मानित


 नुवाकोटको पञ्चकन्या गाँउपालिकाले अन्तराष्ट्रिय साक्षरता दिवस र बालदिवसको अबसरमा विभिन्न कार्यक्रमहरु गरेको छ ।

आईतबार पालिकाले उक्त दिवसको अबसर पारेर २०८० को एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल बिद्यार्थीहरुलाई नगद रुपैयाँ सहित सम्मान गरेको छ । एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने राष्ट्रिय मावि कविलासका छात्र सुशान अधिकारीलाई नगद रुपैयाँ १० हजार पुरस्कार सहित सम्मान गरिएको छ ।

यसैगरी २०७८ को एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने इन्द्रायणी माविका प्रदिप ढकाल र २०७९ को एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने इन्द्रायणी माविकै कृतिका लामिछानेलाई नगद १०/१० हजार रुपैयाँ सहित सम्मान गरेको गाँउपालिकाका उपाध्यक्ष बिमला केसीले जानकारी दिनुभएको छ ।

add

२०८० को कक्षा १२को परिक्षामा उत्कृष्ट अंक ल्याउने राष्ट्रिय मावि कविलासका छात्र अनिल कोईरालालाई नगद रुपैयाँ १० हजार सहित सम्मान गरिएको छ । त्यसैगरी, उत्कृष्ट अंक ल्याउन सफल बिषयगत शिक्षकहरुलाई समेत सम्मान गरिएको छ । उत्कृष्ट शिक्षकहरुमा अंग्रेजी बिषयका नव सञ्जिवनी माविका डम्बरराज भट्ट, सामाजिक बिषयका उदय जालपा माविका कृष्णप्रसाद सुवेदी, बिज्ञान बिषयका कुण्डला मावि भद्रुटारका सम्भु यादव, लेखा बिषयका राष्ट्रिय मावि कविलासका मदनप्रसाद खनाल, नेपाली विषयका उदय जालपा मावि थप्रेकका प्रकाशचन्द्र कार्की, गणित बिषयका नव सञ्जिवनी माविका गोपाल बहादुर धामी, अर्थशाष्त्र बिषयका मंगला मावि थप्रेकका बिरवल लामा तामाङ, शिक्षा बिषयका बच्छला मावि भद्रुटारका रामहरी गिरीलाई सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

यसैगरी, उक्त दिबसको अबशर पारेर गाँउपालिकाले माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरेको छ । प्रतियोगितामा राष्ट्रिय मा.वि प्रथम, पञ्चकन्या मावि दोश्रो, बम्हेश्वर वेद विद्याश्रम मावि तश्रो र इन्द्रायणि माविले सान्त्वना पाएको गाँउपालिकाले जनाएको छ ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले पञ्चकन्या गाँउपालिकाल ेआगामी दिनहरुमा पालिका भित्रको समग्र शैक्षिक सुधारको लागी पहल गर्दै शैक्षिक गुणस्तर बृद्धिको लागी पहल गरिरहने प्रतिबद्धता जनाउनु भएको छ । त्यसैगरी पालिकाका उपाध्यक्ष बिमला केसीले समग्र शैक्षिक क्षेत्रको विकासको साथै सभ्य र सुसज्जित समाज निर्माणको लागी पहिलो कदम बिद्यालयबाट सूरु हुने भएकाले अविभावक, शिक्षक र सरोकारवाला सबैपक्षबाट अहम भुमिका निर्बाह गर्नुपर्ने बताउनुभएको छ ।

पालिकाको शिक्षा युवा तथा खेलकुद शाखा र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयुक्त आयोजनामा सामाजिक बिकास शाखाका संयोजक रामबाबु पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णहरी पौडेल, बिभिन्न वडाका अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, बिद्यालयका प्रधानाध्यापक, शिक्षक, अविभावकहरुलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #बिद्यालय सम्मानित

प्रतिक्रिया दिनुहोस