Techie IT
गृहपृष्ठसमाचारमुस्लिम समुदायले आज बकर ईद मनाउँदै

मुस्लिम समुदायले आज बकर ईद मनाउँदै


मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद इदुल जोहा आज देशभर मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्छ ।  यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।

मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । बकर ईदका अवसरमा आज सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिममा सुख, शान्ति तथा समृद्धिको लागि  शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले ईद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा  शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गर्नु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस