Techie IT
गृहपृष्ठसमाचारछहरे हुदै काठमाडौं जाने सडक खण्डमा चट्टान काट्न शुरु

छहरे हुदै काठमाडौं जाने सडक खण्डमा चट्टान काट्न शुरु


छहरे हुदै काठमाडौं जाने सडक खण्डमा चट्टान काट्न शुरु गरिएको छ ।

सडक डिभिजन कार्यलय नुवाकोटको अनुसार यस सडक खण्डमा पर्ने सिस्नेरी भीरमा चट्टान काट्न शुरु गरिएको हो । त्यसका लागि एक महिना समय लाग्न बताईएको छ ।यो चट्टान काट्ने समयावधि भरका लागि सकेसम्म बैकल्पिक सडक प्रयोग गर्न सडक कार्यालयले अनुरोध गरेको छ ।यो सडक १० मिटरको फराकिलो बनाउँन लागि चट्टान काट्न लागिएको हो ।सडक निर्माणका क्रममा स्थानियले भने बाटो बन्द गर्न नहुने बताए पछि त्यसैलाई मध्यनजर गर्दै वैकल्पिक बाटोको लागि अल्छे ढुङ्गा(सुनखानी ग्रामिण विद्यालय हुँदै थाना भन्ज्याङ्ग छिचोल्ने सडकमा साना सवारीहरु चल्न सक्ने व्यवस्था गरिएको छ ।यो वैकल्पिक बाटोमा ठुला सवारी साधन चल्न भने कठिन हुने सडक कार्यालय नुवाकोटले बताएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस