Techie IT
गृहपृष्ठसमाचारनेपाली काङ्ग्रेस स्थानीय तहको अधिधवेसनको नतिजा आउने क्रम जारी ।

नेपाली काङ्ग्रेस स्थानीय तहको अधिधवेसनको नतिजा आउने क्रम जारी ।


विदुर । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेसन अन्तर्गत रहेर नुवाकोटको स्थानीय तहहरुमा भएको अधिवेसनको नतिजा सार्वजनिक भइरहेको छ । जिल्लाको १२ स्थानीय तहमध्ये लिखु गाउँपालिका, दुप्चेश्वर गाउँपालिका सूर्यगढी गाउँपालिका र किस्पाङ गाउँपालिकमा सर्वसम्मत रुपले नेतृत्व चयन भएको छ ।
सार्वजनिक नतिजा अनुसार लिखु गाउँपालिकामा बिनोद पाठक निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै उपसभापतीमा ठाकुरप्रसाद लामिछाने र निर्भिक पाठक, सचिवमा बिनोद सेढाई र बाशुदेव थापामगर, सहसचिवमा राजु घले र दिपक पन्त निविरोध चयन गरिएको हो ।
यस्तै दुप्चेश्वर गाउँपालिकामा रोजलाल मोक्तानको सभापतित्वमा नेतृत्व चयन गरिएको छ । उपसभापतीहरुमा सुदर्शन थापा, तिर्थ तामाङ, सचिवमा शशीप्रसाद आचार्य, कृष्ण स्याङ्तान त्यस्तै सहसचिवहरुमा रुपेश तामाङ र रुपेन तामाङ चयन भएका छन् ।
यस्तै सूर्यगढी गाउँपालिकामा संकर प्याकुरेलको सभापतित्वमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।
यस्तै किस्पाङ गाउँपालिकामा रणबहादुर तामाङको सभापतित्वमा कार्य समिति चयन गरिएको छ । सर्वसम्मत चयन गरिएको कमिटिको उपसभापतीमा जितमान तामाङ, सिंगबहादुर तामाङ, सचिवमा पशुपति घले र फणिन्द्रराज ओझा, सहसचिवमा मुक्ति तामाङ र प्रदिप न्यौपाने चयन गरिएको मतदान अधिकृत खिलकबहादुर तामाङले जानकारी दिनुभएको छ । मतदान अधिकृत तामाङको अनुसार ३३ सदस्यीय कमिटि निर्माण गरिएको छ भने ६ जनालाई मनोनित गरिएको छ ।
यस्तै पञ्चकन्या गाउपालिकामा निर्वाचना मार्फत नेतृत्व चयन गरिएको छ । निर्वाचन मार्फत माधव खनाल सहितको प्यानल नै बिजयी भएको छ । खनालले मतदानमा ८१ मत प्राप्त गरेका छन् भने उहाँको प्रतिद्धन्दि यमबहादुर थापाले ६९ मत प्राप्त गर्नुभएको थियो । यस्तै म्यागङ गाउँपालिकामा मतदान मार्फत नेपाली काङ्ग्रेसको कमिटि निर्माण गरिएको छ । मतदान मार्फत भएको अधिवेसनमा सिंहराज तामाङ सभापतीमा चयन हुनुभएको छ । उहाँले ७१ मत प्राप्त गनुृभएको थियो भने उहाँको प्रतिद्धन्दी कमल तामाङले ३८ मत प्राप्त गर्नुभएको छ । उपसभापती भने सर्वसम्मत रुपमा चयन भएका छन् । उपसभापतीहरुमा रामबहादुर तामाङ र पाल्देन तामाङ चयन भएका हुन् । यस्तै सचिव पदको लागि निर्वाचन भएको थियो । सार्वजनिक नतिजा अनुसार विरमान तामाङ र दावाछिरिङ तामाङ सचिवमा निर्वाचित भएका छन् ।
अन्य ६ स्थानीय तहहरुको नतिजा आउने क्रममा रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस