शुक्रपथ बहुउद्देश्यीय सहकारीको सहयोग सिन्धुपाल्चोकको बाढी पीडितलाइ
शुक्रपथको सहयोग बाढी पीडितलाइ
शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितलाई राहत वितरण गरेको छ ।
असार १ गते मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीमा घरबास गुमाएर विस्थापित भएका परिवारलाई निर्माण सामाग्री र खाद्य सामाग्री वितरण गरेको हो ।
बाढी पहिरोबाट विस्थापित एवं पीडित परिवारलाई आवास निर्माण गर्नका लागि १५ बण्डल जस्तापाता र २० थान त्रिपालका साथै १५ बोरा चिउरा, १ बोरा दालमोठ, २० कार्टुन चाउचाउ लगायतका सामग्री वितरण गरेको संस्थाका अध्यक्ष नरेन्द्र विष्टले बताए ।
सहकारी संस्थाहरु नाफामुखी मात्र हैन सेवामुखी पनि हो भन्ने उदाहरण शुक्रपथ सहकारीले दिएको छ । यस अघि पनि शुक्रपथ बहुउद्देश्यीय सहकारीले आफ्नो एघारौँ स्थापना दिवस तथा वार्षिकोत्सवको अबसरमा २२ जना जेष्ठ नागरिकहरुलाई टेक्ने लठ्ठी, पछ्यौरा र टोपी लगाएर सम्मान समेत गरेको थियो ।
काठमाडौ न्युरोडमा प्रधान कार्यालय रहेको शुक्रपथ बहुउदेश्यीय सहकारीले काठमाडौं, भक्तपुर, ललितपुर लगाएतको स्थानमा सेवा दिदै आएको छ भने चितवन र नुवाकोटमा पनी शाखा संचालनको तयारी अन्तिममा पुगेको सहकारीका कार्यकारी अधिकृत मधुकर वाग्लेले जानकारी दिए ।
चितवन र नुवाकोटमा सहकारी संचालनमा आए संगै सहकारीले ८ ओटा शाखा बाट सेवा दिने बताईएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस