Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा निषेधाज्ञा असार १ सम्म लम्बाइने

नुवाकोटमा निषेधाज्ञा असार १ सम्म लम्बाइने


विदुर । नुवाकोटमा जारी निषेधाज्ञा असार १ गते राती १२ बजे सम्म लम्बिने भएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले कोरोना संक्रमणको फैलावट बढ्दो क्रममा नै रहेकोले निशेधाज्ञा लम्वाउन लागिएको हो । यसअघि जारी गरिएको निषेधाज्ञा मंगलबार राति १२ बजे बाट सकिँदै छ । जिल्लामा कोरोना संक्रमणको फैलावट बढ्दो क्रममा रहेको पुष्टि गर्दै डीसीसीएमसीको बैठकले निषेधाज्ञाको समय थप गर्न निर्णय गरेको हो । जस अनुसार असार १ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिने भएको छ ।

डीसीसीएमसीको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम जारी गरिएको निषेधाज्ञा, अझै संक्रमणको अवस्था नियन्त्रणमा आइनसकेको हुँदा असार १ गतेसम्मका लागि निरन्तरता दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयले निषेधाज्ञा उलंघन गरेर हिँड्नेलाई संक्रामक रोग ऐन अनुसार कारवाही गर्न र नियमन गर्न जिल्लाका प्रहरी युनिटलाई निर्देशन दिएको छ । अत्यावश्क खाद्य सामग्री, तरकारी, फलफूल, औषधि (भेटनरी समेत) र स्वास्थ्य सामग्री सम्बन्धी पसल व्यवसाय नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी विहान १० बजे सम्म मात्र खुल्ला गर्न निर्देशन दिएको छ । नुवाकोटमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ३७ रहेको छ । ती मध्ये अस्पतालमा ३१ जना, स्थानीय तहद्धारा निर्माण गरिएको आइशुलेसन सेन्टरमा ७५ जना र होम आइशुलेसनमा ९ सय ३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ९ सय ६४ पुगेको छ । त्यस्तै पछिल्लो समय ११ जना कोरोना भाइरस मुक्त भएका छन् । हालसम्म कोरोना भाइरस मुक्त हुको संख्या २ हजार ८ सय ९८ पुगेको स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ ।

जिल्लामा नै कोरोना भाइरस परिक्षण भई संक्रमण पुष्टि भएका मध्ये २९ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस