Techie IT
गृहपृष्ठसमाचारभूमि सम्वन्धि समस्या समाधान आयोग नुवाकोटमा औपचारिक रुपमा सञ्चालनमा

भूमि सम्वन्धि समस्या समाधान आयोग नुवाकोटमा औपचारिक रुपमा सञ्चालनमा


भूमि सम्वन्धि समस्या समाधान आयोग जिल्ला समिति नुवाकोटको कार्यालय औपचारिक रुपबाट सञ्चालनमा ल्याइएको छ ।
जिल्ला समन्वय समितिको कार्यलयमा स्थापना गरिएको जिल्ला समितिको कार्यालय एक कार्यक्रमका बिच भूमि सम्वन्धि सस्सया समाधान आयोगका केन्द्रिय अध्यक्ष देवीप्रसाद ज्ञवालीले उद्घाटन गर्नुभएको हो । कार्यलयको उद्घाटन कार्यक्रमलाई संवोधन गर्नुहुदै अध्यक्ष ज्ञवालीले भूमि सम्वन्धी समस्या समाधान नगरेसम्म नेपालको प्रगति सम्भव हुदैन भनि विगत ७० वर्षदेखि सबै राजनैतिक दल र नागरिकहरुले आवाज उठाइरहेको बताउनुभएको छ । विगतमा रहेको सुकुम्वासी आयोगको नाम परिवर्तन भएर हाल भूमि सम्वन्धी समस्या समाधान आयोग राखिएको छ । आयोगले प्राथमिकताको साथ भूमिहीन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित वासोवासको कारण उत्पन्न समस्यालाई समाधनको लागि काम गरिरहेको उहाँले बताउनुभएको छ । आयोगले जिल्लाजिल्लामा कार्यालय स्थापना गरि स्थानीय तहहरुसँग सम्झौता गरेर काम थासलिएको उहाँको भनाई छ । भूमि सम्वन्धी समस्या समाधान गर्नलाई हाल देशको ४ सय ५६ स्थानीयतहसँग सम्झौता भइसकेको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभएको छ । कानुन सम्मत रुपमा ऐन, नियमावली र कार्यविधि बनाएर आयोगले काम गरिरहेको उहाँको भनाई छ ।
आयोगले ऐन, नियमावली र कार्यविधिले समेट्ने परिवारलाई जग्गाको श्रेष्ता र नक्सा सँगै पुर्जा उपलव्ध गराउने उहाँले बताउनुभएको छ । सार्वजनिक जग्गा, रणनितिक महत्वका जग्गा र नियम अनुसार सडकले चर्चेको जग्गा व्यक्तिलाई उपलव्ध गराउन नसक्ने भूमि सम्वन्धी समस्या समाधान आयोगका अध्यक्ष ज्ञवालीले बताउनुभएको छ । जग्गा प्राप्तीको लागि गलत रुपमा सिफारिस गरेमा २५ हजार रुपैयाँ जरिवाना, गलत विवरणको साथ जग्गा लिएमा सरकारले जग्गा खोस्नुको साथै १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना समेत रहेको उहाँले बताउनुभएको छ ।
गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतीले संसद विघटन गर्नुभए पश्चात जिल्लाजिल्लामा भूमि सम्वन्धि सस्सया समाधान आयोग स्थापना गरिएको र हाल संसद पुनस्थापना भइसकेको अवस्थामा जिल्ला कार्य समितिहरु पनि खारेज हुन्छन् भन्ने आवाज उठिरहेको भन्दै अध्यक्ष ज्ञवालीले ऐन, कानुन, विधि र नितिमा रहेकोले जिल्ला समितिहरु खारेज नहुने बताउनुभएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस