आर्थिक रुपमा विपन्न,एंव असक्त छात्रा ÷ छात्र लाई पूर्व सेनानी ढकालको सहयोग
शिवपुरी गाउँपालिका वडा नं ५ सिलामेमा रहेको जानकी माध्यामिक विद्यालयको दुई जना विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउन दाताले कोष स्थापना गरेका छन् ।
सोही स्थानमा बसोबास रहेका कृष्णबहादुर ढकाल र ज्ञानीमाया ढकालका जेष्ठ सुपुत्र नेपाली सेनाका अवकास प्राप्त सेनानी कुलबहादुर ढकाल हुन् । ढकालले आफ्ना दिवंगत मातापिताको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । मातापिताको नाममा स्थापना गरिएको अक्षय कोषामा एक लाख २५ हजार रुपैयाँ पैसा बचत गरेर त्यसको ब्याज मार्फत छात्रबृत्ति उपलब्ध गराउन बिध्यालयका प्राधानध्यापक नारायण थापालाई नगद रुपैयाँ अवकास प्राप्त सेनानी कुलबहादुर ढकालले हस्तान्तरण गरेका हुन् ।
सामाजिक व्यक्तित्व कुलबहादुर ढकालले जानकी माविमैै कार्यरत रहेका उनका भाई हरिबहादुर ढकालले कोषको रकबाट प्राप्त हुने रकमले जेहन्दार तथा आर्थिक रुपमा विपन्न, एंव शारिरिक रुपमा असक्त रहेका छात्रा र छात्र दुईजनालाई नगद रुपैयाँ उपलब्ध गराउन कोषको स्थापना गरिएको दिए ।
यस अघि सेनानी कुलबहादुर ढकाल श्री नाथ गण देवी घाट ब्यारेकमा कार्यरत हुँदा बट्टार को भिम्सेन मा बि मा अपांग मैत्री सौचालय र कलेज को ग्राउण्ड बनाउने काममा समेत सहयोग गरिसकेका छन् ।
दाताहरुबाट प्राप्त भएको रकम कोषमा बचत गर्ने र त्यसबाट प्राप्त हुने ब्याजबाट छात्रबृत्ति उपलब्ध गराउन आवश्यकताको आधारमा मापदण्ड, कार्यविधि तथा समिति निर्माण गरेर पारदर्शी रुपमा सदुपयोग गर्ने विद्यालयका प्रधानध्यापक नारायण थापाले बताएका छन् । ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस