Techie IT
गृहपृष्ठसमाचारभवन निर्माणको लागी सामुहिक रोपाई

भवन निर्माणको लागी सामुहिक रोपाई


हिंसा पिडित महिला उत्थान समुहले भवन निर्माणको लागी सामुहिक रोपाई गरेको छ ।
७ रोपनी खेतमा गरेको रोपाई देखि धान भित्रउदा सम्मको खर्च कटाएर बाकी फलेको धान बेचबिखन गरि आएका पैसाले महिला उत्थानले निर्माण गर्न लागेको भवनलाई सहयोग गर्ने उदेश्यले रोपाई गरेको उत्थान समुहका अध्यक्ष शोभा थापा बताए ।
लिखु गाउपालिका वडा नं १ ( सबिक खानीगाउ ८) मा निर्माण हुन लागेको भवन निर्माण गर्न ३० देखि ३५ लाख सम्म लाग्ने थापाले बताए । भवन निर्माणलाई प्रदेश सरकारले २० लाख सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे संगै बाकी थप रकमको लागी रोपाई लगाएत अन्य कार्यक्रमहरुको आयोजना गरेको थापाको भनाई छ । भवन निर्माणको लागी हिंसा पिडित महिला उत्थान समुहका अध्यक्ष थापाले २ आना जग्गा समेत दान गरेका छन् । यस समुहले पिडित महिला हरुको लागी बिभिन्न किसिमको तालिमको आयोजना,हिंसा न्यनिकरणको लागी प्रत्यक वडामा जनचेतनामुलक कार्यक्रमको आयोजना समेत गर्ने गरेको छ । समुहमा नुवाकोट भित्रका ३५ जना महिलाहरु रहेका छन् ।
रोपाई गर्नको लागी शक्ति समुह नुवाकोट र संकल्प नुवाकोटले सहयोग गरेको थियो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस