Techie IT
गृहपृष्ठसमाचारदेशको एक इन्च जमिन मिच्न दिँदैनौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अमर झाँक्री

देशको एक इन्च जमिन मिच्न दिँदैनौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अमर झाँक्री


नेकपा निकट क्रान्तिकारी मजदुहरुले सीमा अतिक्रमणकारी ‘भारतीय साम्राज्यवाद’लाई छपकैयाबाट लखेट्ने चेतावनी दिएका छन् ।

दक्षिण छिमेकी भारतसँग सीमाना जोडिएको पर्सा जिल्लाको छपकैया, सिर्सिया, सुन्दरपुरलगायत दर्जन ठाउँमा भारतले नेपाली ५० बिगाह जमिन मिचेर हस्तक्षेप गरेपछि मजदुर संगठनहरुले सो चेतावनी दिएका हुन् ।

शनिबार राजधानीको अनामनगरस्थित संवाद डबलीमामा अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघको केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासंघका प्रतिनिधिहरुले मिचेर नेपाली जमिनलाई भारतले तत्काल फिर्ता गरेर आफ्नो ठाउँमा नफर्किए मजदुरहरुले लखेट्ने बताए ।

महासंघका संयोजक एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अमर झाँक्रीले भारतीय साम्राज्यवादले पर्सा जिल्लाको सिर्सिया, सुन्दरपुर, छपकैयामा स्थानीय नेपालीको ५० बिगाहभन्दा बढी भूमिलाई रातारात सीमा स्तम्भ सारेर भारतमा गाभेर अतिक्रमण गरेको भन्दै भत्सर्ना गरेका छन् ।

साथै भूमि अतिक्रमणबाट भारतीय अतिक्रमकारीलाई लखेट्न देशभक्त, मजदुर, श्रमजीवि वर्गलाई संघर्षमा एकजुट हुन महासंघले अपिल गरेको छ ।

देशको एक इन्च जमिन मिच्न नदिन श्रमजीविहरु जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउँदै महासंघका संयोजक झाँक्रीले वर्तमान दलाल संसदीय सत्ताबाट सीमाना र त्यस क्षेत्रमा रहेका नेपालीहरुको जीवनको रक्षा हुन नसक्ने बताए


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस