पार्टीले बिश्वास गरे लिखु ४ को नेतृत्व लिन तयार छु / समाजसेवी अगस्ती
विगत को पाँच बर्षमा समाजमा उहीँ असमानता दु:ख का खाडल हरु धनि गरिब विच को विभेद के हि फरक भयो त ? आजको दिनमा साच्चै लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा विगत देखिनै दुई खोलाको बिचको टापु ठाँउ । त्यस पछि लगातार पछी परेको चौघडा समृद्ध बनाउन हल्ला को पछाडि दौडनि कि त्यसलाई आत्म आलोचना गर्दै सफल वडा अध्यक्ष चुन्ने तपाईं वडा बासी समक्ष छरपस्ट नै छ । त्यसैले आजको दिनमा एक असल जिम्मेवार वडा नेतृत्व चौघडाको आवश्क्ता रहेको छ । चुनाव अगाडि ठुला आश्वासन दीने चुनाव जितेपछि गन्दै नगन्ने नेताहरुपनि लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा बासीले धेरै देखे ।
वर्तमान राजनीतिमा सक्षम र परिपक्व युवा नेतृत्व नहुनु भनेको भविष्यमा देशले पाउने राजनीतिक नेतृत्वमा पनि संकट आउनु हो । यस्तो अवस्था आउँदैन भनेर बहस गर्न त सकिएला तर हाम्रो अहिलेको राजनीतिक संस्कारले इंगित गरेको भविष्य भने त्यही नै हो । तेस्तै राजनितिक सम्भावना बोकेका युवा हुन् राप्रपा लिखु ४ का ईकाई अध्यक्ष समेत रहेका लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा निवासी रामचन्द्र अगस्ती ।
वडा भित्र मात्र नभई गाउँपालिका भित्र भएका अनियमितताको बारेमा आबाज विगतका दिन देखिनै उठाउदै आयका साथसाथै चौघडाको कृषि क्षेत्रमा भएको बिचौलियाको बिगबिगी लाई अन्त्य गर्दै कृषिमा आधुनिक प्रविधि को विकास प्रयोगमा जोड दिई गुणस्तरीय शिक्षाको व्यवस्था सबैसामु प्रबन्ध गर्ने । दक्ष जनशक्तिलाई स्थानीयस्तरमै रोजगारीको व्यवस्था गर्न । लिखु र तादी खोलाले पुर्याउदै आएको क्षतिलाई कम गर्न नदी नियन्त्रण का विभिन्न वैज्ञानिक विधि को प्रयोग गरेर वर्षेनी हुदै आयको खाध्यबालि नस्ट हुनवाट जोगाउन सक्ने नेतृत्व को रुपमा लिखु ४ चार वासिले अगस्तिलाई सहयोग गर्ने त्याहाँका बहुसंख्यक मतदाताले बतायका छन् । त्यतिमात्र नभई जनताको घर घरमा गई जनताको दु:ख सुख को साथि भई निर्तर रुपमा अगाडि वड्दै । सबैको बिस्वास जित्दै ब्यक्तिगत रुपमा सफल निस्वार्थ भाबनाको व्यक्तिनै चौघडाको वडा अध्यक्ष भयर आउन पर्नै र त्यसको लागि अगस्ति दाबेदार ब्यक्ति भयकोले पनि सो क्षेत्रका युवा हरूको भनाई रहेको छ । अाजभोलिका युवाले संसारलाई नजिकबाट नियाल्न सक्छन् साथै समाज रुपान्तरण लागि पारदर्शी र निस्पक्ष तरिकाबाट काम गर्न सक्छन भन्ने उहाको बुझाई छ साथै पछिल्ला प्रबिधि सग काम गर्न सक्ने र छिटो भन्दा छिटो सेवा प्रबाह गर्न सक्छन भन्ने उहाको को सोच छ । अगस्ति पछिल्ला युवाहरु सँग समन्वय गर्न सक्ने र राजनितिक पुर्बाग्रह नराख्ने स्वाभाबका कारण साथीभाई माझ लोकप्रिय छन् ।
लिखु गाँउपालिका वडा नं ४ चौघडा को क्षेत्रपाल मा वि मा शिक्षक अभिभाबक संघ को अध्यक्ष भयर सफल कार्यकाल पूरा गरेर सो समयमा पनि समाज परिवर्तनका लागि गरेरेका विध्यार्थि हरुको आमा प्रसिक्षण कार्यक्रम । उत्कृष्ट बिचार कार्यक्रम जस्ता कार्यक्रमले क्षेत्रपाल मा वि ले छलाङ मारेको सम्पूर्ण अभिभाबक ज्यु हरु अहिले पनि बताई रहेका छन्न । जनता लाइ निस्पक्ष र बिना पुर्बाग्रह साथ दिदै आएका अगस्ति नुवाकोटमा बौद्दिक र सालिन ब्याक्तित्वको रुपमा चिनिन्छन । सामाजिक रुपमा समेत सक्षम व्यक्ति को रुपमा आफुलाई ईस्थापित गराई सकेका अगस्तिनै लिखु चार चौघडाको वाडा अध्यक्ष हुन पर्नै जनबोलि रहेको छ ।
रामचन्द्र अगस्ति जस्ता क्षमता युवा लाई नेतृत्व तहले मुल्यांकन गरि आगामी निर्बाचनमा जिम्मेवारी दिनु उपयुक्त देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग, समाचार
ट्याग : #hot 100, #Hot100
प्रतिक्रिया दिनुहोस